अजोड इन्स्योरेन्सको आईपिओलाई कमजोर रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 09:27:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशनको तयारीमा रहेको अजोड इन्स्योरेन्सले कमजोर रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।   ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ।

इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन  गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ।  सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved