सन नेपाल लाइफको आईपिओलाई ग्रेड ४ को रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 09:40:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशनको तयारीमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्सले कमजोर रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।

   ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ।

कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४० करोड रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुनी २ अर्ब पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved