अजोड इन्स्योरेन्सले माग्यो आईपिओ निष्काशन अनुमति, यस्तो छ रेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 05:47:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले आईपिओ निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ २१ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन  गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने ग्लोबल आईएमई क्यापिटल  र कुमारी क्यापिटलले अजोड इन्स्योरेन्सको आईपिओको प्रत्याभूति गरेका छन्  ।  । इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ।  सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ । 

कम्पनीको आईपिओले कमजोर रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।   ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved