५ अर्बको आइपिओ आउँदै, ५३ अर्बको शेयर थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2020 | 10:50:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डमा करिब विभिन्न १६ कम्पनीका ५ अर्ब बराबरको ५ करोड कित्ता आइपिओ निष्कासन अनुमतिको पर्खाइमा छ । १६ मध्ये ११ जलविद्युत कम्पनी र बाँकी बीमा, लघुवित्त तथा अन्य कम्पनी रहेका छन् । 

धितोपत्र बोर्डका सहायक प्रवक्ता रुपेश के.सीका अनुसार तिन जलविद्युत कम्पनीको आइपिओ स्वीकृत अन्तिम चरणमा पुगेको छ । उनका अनुसार युनाइटेड इद मार्दी एण्ड आरआरबी जलविद्युत, लिर्वटी हाइड्रो र माउन्टेन जलविद्युतको आइपिओ  स्वीकृतीको अन्तिम चरणमा पुगेको हो ।  जलविद्युत कम्पनीहरुले विद्युत नियमन आयोगको पुर्व स्वीकृती पाएपछि मात्र बार्डले स्वीकृत दिने भएकाले आइपिओ स्वीकृतमा ढिलाई भएको के.सीले बताए । 

धितोपत्र बजारमा ५३ अर्व १४ करोडको सेयर थपियो

धितोपत्र सेयर बजारमा ६ महिनामा कुल ५३ अर्व १४ करोड बराबरको सेयर सुचिकृत भई थपिएको छ । जसमा १५ अर्व ४६ करोको डिवेन्चर, १४ अर्व ३३ करोड वोनस सेयर, १० अर्व ५६ करोड साधारण सेयर, ५ अर्व ७५ करोड म्युचुअल फण्ड, २ अर्व ५६ करोड हकप्रद सेयर र ४ अर्व ४७ करोड बराबरको अन्य सेयर सूचिकृत भएको छ । 

यस अवधीमा नेपाल धितोपत्र बोर्डले कुल २० अर्व ३१ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले १६ अर्व ५० करोडको डिवेन्चर, २ अर्व ४७ करोडको हकप्रद सेयर, १ अर्वको म्युचुअल फण्ड र ३४ करोडको साधारण सेयर जारी गर्न अनुमति दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved