थप २ कम्पनीलाई आइपिओ निष्काशन गर्न अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 11:32:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीको निष्कासन गर्न अनुमति दिएको छ।  बोर्डले  युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनी  र  लिर्वटी हाइड्रोलाई शेयर निष्काशनको अनुमति दिएको हो ।   

युनाईटेड इदी–मर्दी 

युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाईड्रोपावरले गत साउन १४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । अब कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने छ। कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको अवस्था कमजोर देखाऊछ ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।   

 कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ  ।  

 लिबर्टी ईनर्जी

 लिबर्टी ईनर्जीले बैशाख १६ गते शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो  । अब कम्पनीले सर्वसाधारण र स्थानीयलाई गरी ३७ करोड ५० लाख रुपैयाँको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । 

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको दर्शाउछ  । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। 

कम्पनीले  कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved