८ महिनापछि हिमाल दोलखाको आईपिओ सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 01:24:44 PM मा प्रकाशित

laxmi  sunrise bank

८ महिनापछि हिमाल दोलखाले निष्काशन गरेको आईपिओ सुचिकृत भएको छ । सोमबार नेप्सेमा कम्पनीको १ करोड ६० लाख कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको कारोबार सुरु हुने छ । नेप्सेले पहिलो कारोबारको लागि ६५.३३ देखि १९५.९९ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीइको नेटवर्थको आधारमा ३ गुणासम्म सुरुवाती रेन्ज तोक्ने गरेको छ । 

 शेयर प्रत्याभूतकर्तासँगको विवाद भएपछि ढिलो गरी कम्पनीको आईपिओ सुचिकृत भएको हो । कम्पनीले गत असार २५ गतेदेखि आईपिओ निष्काशन गरेकोमा फागुन महिनामा बल्ल शेयर सूचीकरण भएको हो । लामो समयसम्म शेयर सूचिकृत नहुँदा लगानीकर्ताको सम्पति बन्धक भएको थियो  । 

कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको  थियो । आईपिओमा  ७२ हजार २ सय ५५ आवेदकले ३० लाख ९३ हजार २ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । निष्काशन गरिए भन्दा कम शेयरको लागि आवेदन परेकोले सबै आवेदकले माग बमोजिम कै शेयर पाएका थिए ।

बिक्रि नभएको ४५ लाख ५३ हजार ९ सय ६० कित्ता शेयर भने अन्डरराईटरहरुले  किन्नु पर्ने भएको थियो । कम्पनीको शेयरको  लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले प्रत्याभूत गरेका थिए ।  ति कम्पनीले आफुले प्रत्याभूत गरेको शेयरको अनुपातमा बाँकि शेयर खरिद गर्नु पर्ने थियो  । 

कम्पनीको शेयरको ३३.७० प्रतिशत नबिलले, ३२.८६ प्रतिशतले बैंक अफ काठमांडूले,   २५ प्रतिशत लक्ष्मीले र ८.४२ प्रतिशत नेपाल बंगलादेश क्यापिटलले गरेका थिए ।  यी मध्ये लक्ष्मीले पुरै शेयर खरिद गरेपनि अन्यले भने शेयर खरिद गर्न आनाकानी गर्दा लामो समयसम्म शेयर सूचीकरण हुन् सकेको थिएँन। बाँकि ३ क्यापिटलले  ५ लाख कित्ताको रकम दिन आनाकानी गर्दा शेयर सूचीकरणमा ढिलाई भएको थियो  । 

यी ३ क्यापिटलले कम आईपिओ सुचिकृत गराउने प्रयास गरेका थिए  तर त्यो प्रयास बोर्डले असफल पारिदिएको थियो  ति क्यापिटलले यस बारेको सूचना मिडियालाई नदिन 'दबाब' दिएको समाचार समेत बिजपाटीले प्रकाशित गरेको थियो  । धितोपत्र बोर्डले ति क्यापिटललाई शेयर खरिद नगरे कारवाही गर्ने चेतावनी दिएपछि क्यापिटलले बाँकि शेयर खरिद गरेका हुन् 


 हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। कम्पनीको  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालिसकेको छ। दुवै आयोजनाको लागत क्रमशः ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  त्यस्तै कम्पनीको १९ प्रतिशत लगानी संखुवासभामा रहेको  ९७.२ मेगावाटको इशुवा खोलामा रहेको छ ।  यस आयोजनाको प्रति मेगावाट लागत १० करोड मात्र रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved