युनाइटेड इदी मर्दीको आइपिओ चैत १० गतेदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 12:15:17 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी— मर्दी एण्ड आर.वि. हाइड्रोपावर लिमिेटडले चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि आईपिओ निष्काशन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय वासिन्दालाई साधारण सेयर विक्री गर्न लागेको हो । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा चैत्र २४ र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपिओ निष्काशनको लागि ग्लोवल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारण र स्थानीयलाई गरी १० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो  । कम्पनीले स्थानियलाई ४ लाख २० हजार कित्ता आइपिओ वितरण गरेपछि सर्वसाधारणलाई ६ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ ।  

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको अवस्था कमजोर देखाऊछ ।  कम्पनीले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ  ।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved