पुनर्बिमा कम्पनीको आईपिओमा पहिलो दिन कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 05:54:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बिमा कम्पनीको आईपिओमा पहिलो दिन ४८ करोड बढीको आवेदन परेको छ ।  आज पहिलो दिन बेलुका ५:३० बजेसम्ममा कुल ३१ हजार १ सय २४ आवेदकले ४८ लाख २७ हजार ७ सय ५० कित्ताको लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणलाई छुट्याइएको कुल शेयरको ३१.९१ प्रतिशत मात्र हो । आज दिउँसो मेरो शेयरमा समस्या आउँदा धेरै आवेदकले शेयर भर्न नसकेका हुन् । अहिले भने समस्या समाधान भएको सिडीएसले जनाएको छ ।  

कम्पनीले आज चैत्र ४ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले  १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता शेयर निष्काशन गरेको हो  ।

जस मध्ये कम्पनीले ७३ हजार ५ सय कित्ता कर्मचारीलाई छुट्याएको छ भने ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफांड गरिएको छ  । बाँकि रहेको १ करोड ५१ लाख २६ हजार ५ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । 

लगानीकर्ताले छिटोमा चैत्र ७ गतेभित्र र ढिलोमा चैत्र १८ गतेसम्म आवेदन दिन सक्ने छन्  । आवेदन न्युनतम १० कित्ता अधिकतम १० हजार कित्तासम्मको लागि दिनु पर्ने छ  ।कम्पनीले आईपिओ निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंङलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेकोमा एक अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ। 

कम्पनीले आथिक बर्ष ७६/७७ मा १ अर्ब ८८ करोड नाफा हुने प्रक्षेपण गरेको यसपछिको २ आर्थिक वर्षमा नाफा घटेर क्रमश १ अर्ब ४३ लाख र १ अर्ब ११ लाख हुने प्रक्षेपण कम्पनीको छ ।  

कम्पनीले प्रकाशन गरेको विवरण पत्रमा आर्थिक वर्ष ७७/७८ को अन्त्यमा चुक्ता पुंजी १० अर्ब ५० करोड पुग्ने र आर्थिक वर्षको ७८/७९ मा चुक्ता पुंजी ११ अर्ब २ करोड पुग्ने उल्लेख गरेको छ ।   यसले कम्पनीले ५ प्रतिशत बोनस शेयर प्रक्षेपण गरेको देखिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved