२ लघुवित्तले मागे आईपिओ निष्काशनको अनुमति, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 07:51:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डमा २ वटा लघुवित्त कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका छन् । समाज लघुवित्त र साधना लघुवित्तले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । 

समाज लघुवित्तले ८६ लाख बराबरको ८६ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

त्यस्तै साधनाले ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले हालै मात्र तनहुँ जिल्लाको डुम्रेमा रहेको आर्थिक सम्वृद्धि लघुवित्तलाई गाभेको थियो । यस संगै कम्पनी राष्ट्रिय स्तरको लघुवित्त कम्पनी बनेको छ। कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved