पूनर्बीमा कम्पनीको आईपिओमा ३.६२ गुणा बढीको आवेदन, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 05:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पूनर्बीमा कम्पनीको आइपिओमा झण्डै साढे ५ अर्ब बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा ४ः१५ बजेसम्ममा ५ अर्ब अर्ब बढीको आवेदन परेको हो ।  कम्पनीको आईपिओमा ४ लाख १ हजार ५३९ आवेदकबाट ५ करोड ४७ लाख ४९ हजार ४९० कित्ताको लागि आवेदन परेको हो  । यो कम्पनीले माग गरे भन्दा ३ दशमलव ६२ गुणा बढी हो ।

हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेकोमा एक अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ । कम्पनीले आथिक बर्ष ७६/७७ मा १ अर्ब ८८ करोड नाफा हुने प्रक्षेपण गरेको यसपछिको २ आर्थिक वर्षमा नाफा घटेर क्रमश १ अर्ब ४३ लाख र १ अर्ब ११ लाख हुने प्रक्षेपण कम्पनीको छ । 

कम्पनीले प्रकाशन गरेको विवरण पत्रमा आर्थिक वर्ष ७७/७८ को अन्त्यमा चुक्ता पुंजी १० अर्ब ५० करोड पुग्ने र आर्थिक वर्षको ७८/७९ मा चुक्ता पूँजी ११ अर्ब २ करोड पुग्ने उल्लेख गरेको छ ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved