साधना लघुवित्तको आइपिओले कति पायो रेटिङ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2020 | 10:09:50 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तको आइपिओलाई इक्रा नेपाल लिमिटेडले ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।  कम्पनीले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

कम्पनीको पुस १२ मा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । साथै, कम्पनीले आइपिओ निष्कासनपछि ५० प्रतिशत हकप्रद सेयर विक्री गर्ने प्रस्ताव समेत सोही साधारण सभाबाट पारित गरेको छ ।

आईपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजारको आधारमा ५० प्रतिशत हकप्रद निष्कासन गर्ने कम्पनीको योजना छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved