कहिले होला पुनर्बीमा कम्पनीको आईपिओ बाँडफाँड ? अझै सकिएन डाटा भेरीफाईको काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 10:24:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलेनिष्काशन गरेको आइपिओ लकडाउन खुलेपछि मात्र बाँडफाँट गर्ने भएको छ । कम्पनीको आइपिओ विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैकिक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले लकडाउन सकिएपछि मात्र आईपिओ बाँडफाँट गर्ने बताएका हुन् ।

उनले चैत १४ गते नै आइपिओ बाँडफाँट गर्ने तयारीमा रहेपनि लकडाउनको कारण गर्न नसकिएको बताए। धितोपत्र  बाँडफाँड गर्दा लगानीकर्ता, बिक्रि प्रबन्धक, कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी, रजिष्टारका प्रतिनिधि  उपस्थित हुनुपर्छ । सरकारले भिडभाड नगर्न भनेपछि आइपिओ बाँडफाँट गर्न नपाएको प्याकुरेलले बताए । कम्पनीले मात्रै बाँडफाँड गर्दा पारदर्शी समेत नहुने भएकोले  बाँडफाँड सारिएको प्याकुरेलको भनाइ छ। 'लकडाउनको अवधी लम्बीयो भने बाँडफाँट हुने अवधी पनि लम्बीन सक्छ ।' उनले भने । 

 आइपिओ बाँडफाँट गर्दा  सिडिएसले मान्यता दिएको सफ्टवेयरबाट गोलप्रथा गनुपर्ने हुन्छ । उनले अझै तिन चार वटा  बैंकबाट आईपिओ भरेकाहरुको डाटा भेरिफाइ हुन बाकी रहेको बताए ।  

कम्पनीको आइपीओमा माग भन्दा बढीको आवेदन परेको छ । क्यापिटलका अनुसार आइपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा ३.६८ गुणा धेरै आवेदन हो । यसमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् । आईपिओ बाँडफांड नभएपछि यतिवेला लगानीकर्ताहरुको पैसा होल्ड भएको छ । 

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६५ ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकिएको छ ।

 बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ हुँदैछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved