पुनर्बीमा कम्पनीको आईपिओ बुधबार बाँडफाँड हुने,उपस्थिति हुनेलाई मास्क अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 09:47:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बुधबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टका अनुसार बुधबार बिहान ७:३० बजे आईपिओ बाँडफांड हुन् लागेको हो । 

आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले टेकु स्थिति कार्यालयमा धेरै भिडभाड नगरी आईपिओ बाँडफांड गरिने बताएका छन् । उनले बाँडफांड कार्यक्रममा आउनेले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने समेत बताएका छन् । कम्पनीले यसअघि चैत १४ गते नै आइपिओ बाँडफाँट गर्ने तयारीमा रहेपनि लकडाउनको कारण गर्न सकेको थिएँ । तर सरकारले लकडाउन अवधि थप गरेपछि अब कम्पनीले सतर्कर्ता अपनाएर बुधबार शेयर बाँडफांड गर्न लागेको हो । 

कम्पनीको आइपीओमा माग भन्दा बढीको आवेदन परेको छ । क्यापिटलका अनुसार आइपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा ३.६८ गुणा धेरै आवेदन हो । यसमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् । 

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६५ ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकिएको छ ।  बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ हुँदैछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved