थप २ कम्पनीले पाए आईपिओ निष्काशनको अनुमति, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 05:57:48 PM मा प्रकाशित

laxmi  sunrise bank

थप २ कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार साधना लघुवित्त र अजोड इन्स्योरेन्सलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

साधना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । आईपिओ निष्काशनको लागि कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

त्यस्तै अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन  गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने ग्लोबल आईएमई क्यापिटल  र कुमारी क्यापिटलले अजोड इन्स्योरेन्सको आईपिओको प्रत्याभूति गरेका छन्  । इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ।  सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ । 

कम्पनीको आईपिओले कमजोर रेटिंङ पाएको छ । केयर रेटिंङस नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।   ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved