जनरल इन्स्योरेन्सले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 06:15:19 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा असार ५ गते आवेदन दिएको हो ।

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved