लघुवित्त क्षेत्र कै ठुलो आईपिओ बिक्रि खुला, कति दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 08:20:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले आज असार १० गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ ।  कम्पनीले  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो  । 

जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ  ।  बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  । लगानीकर्ताले असार १४ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  

यस अघि निष्काशन भएका आईपिओमा आवेदन दिनेको संख्या हेर्दा यस आईपिओमा पनि उच्च माग हुने देखिन्छ  । तर  आईपिओको बाँडफांड गर्ने क्रममा पहिले सबैलाई १० कित्ता वितरण गरिने छ भने बाँकि रहेको शेयर पुगेसम्म थप १० कित्ता र नपुगेमा गोलाप्रथाबाट निश्चित लगानीकर्तालाई थप १० कित्ता वितरण हुने छ  । यस हिसाबमा कम्पनीको आईपिओमा न्युनतम २० कित्ता आवेदन दिनु उचित देखिन्छ  । यद्यपि लकडाउनको कारण धेरै आवेदन नपर्ने आंकलन पनि केहिले गरेका छन्  । त्यसो भएमा आवेदन दिने सबैले २० कित्ता शेयर पाउने सम्भावना पनि रहन्छ 

 यो बजारमा आउँन लागेको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो। कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । 

यो पनि : 

एनआईसी एसिया लघुवित्तले कहाँ खर्च गर्छ आईपिओबाट उठेको ४७ करोड रकम ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved