एनआईसी एशिया लघुवित्तको आईपिओमा ३.६ गुणा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2020 | 04:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा हालसम्म ३.६ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज शुक्रबार दिउँसो ३:३० बजेसम्ममा करिब २ लाख ९० हजार आवेदकबाट १ करोड ६२ लाख कित्ताको लागि आवेदन परेको छ । यो माग  गरिए भन्दा  साढे ३.६ गुणा बढी हो । 

कम्पनीले असार १० गतेदेखि  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ  ।  बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  । लगानीकर्ताले असार १४ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  

यस अघि निष्काशन भएका आईपिओमा आवेदन दिनेको संख्या हेर्दा यस आईपिओमा पनि उच्च माग हुने देखिन्छ  । तर  आईपिओको बाँडफांड गर्ने क्रममा पहिले सबैलाई १० कित्ता वितरण गरिने छ भने बाँकि रहेको शेयर पुगेसम्म थप १० कित्ता र नपुगेमा गोलाप्रथाबाट निश्चित लगानीकर्तालाई थप १० कित्ता वितरण हुने छ  । यस हिसाबमा कम्पनीको आईपिओमा न्युनतम २० कित्ता आवेदन दिनु उचित देखिन्छ  । 

 यो बजारमा आएको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो। कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । 

यो पनि : 

एनआईसी एसिया लघुवित्तले कहाँ खर्च गर्छ आईपिओबाट उठेको ४७ करोड रकम ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved