एनआईसी एशिया लघुवित्तको आईपिओको 'प्रि बाँडफांड' बिहिबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 05:11:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा कसले कति कित्ता शेयर पाउने भन्ने टुंगो बिहिबार लाग्ने भएको छ  । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बिहिबार बिहान १० बजे आईपिओको 'प्रि अलोटमेन्ट' गर्ने भएसँगै कति लगानीकर्तालाई कति शेयर पर्ने भन्ने टुंगो लाग्ने भएको हो  । 

 'प्रि अलोटमेन्ट' पछि कति लगानीकर्ताले कति शेयर कित्ता शेयर पाउँछन् भन्ने टुंगो लाग्छ । क्यापिटलले शेयर बाँडफाडको मिति भने नियामक निकायसंग छलफल गरेर छिट्टै तय गर्ने जनाएको छ । शेयर बाँडफाडको दिन बल झिकेर गोलाप्रथा मार्फत कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने भन्ने निर्क्योल गरिने छ । कम्पनीको आईपिओमा धेरै लगानीकर्ताले १० कित्ता शेयर पाउने छन् भने केहिले गोलाप्रथाबाट २० कित्ता शेयर पाउने छन् 

क्यापिटलका अनुसार आईपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ५.१९ गुणा बढी हो । 

आईपिओमा आवेदन दिने लगानीकर्ताको संख्याको हिसाबमा यस कम्पनीले इतिहास रचेको छ ।  यस अघिसम नेपाल पुनर्बिमा कम्पनीको आईपिओमा ३ लाख ९१ हजार बढीले आवेदन दिएका थिए जुन हाल सम्म कै उच्च थियो । त्यो रेकर्ड एनआईसी एसिया लघुबित्तले तोडेको हो ।  सर्वसाधारणलाई शेयर निष्काशन गर्दा ४ लाख बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।  

 कम्पनीले असार १० गतेदेखि  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो  ।  बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  ।  यो बजारमा आएको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो।

लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved