एनआईसी एसिया लघुवित्तको आइपीओ पाउनेको टुङ्गो लाग्यो, १६ हजार आवेदक अयोग्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 05:04:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा कसले कति कित्ता शेयर पाउने बिषयको टुंगो लागेको छ। बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बिहिबार आईपिओको ुप्रि अलोटमेन्टु गरेसँगै कति लगानीकर्तालाई कति शेयर पर्ने भन्ने टुंगो लागेको हो। 

क्यापिटलले दिएको जानकारीअनुसार ३ लाख ९७ हजार ७४१ जना आवेदक लघुवित्तको सेयर पाउन योग्य ठहरिएका छन्। यो तथ्यलाई आधार मान्दा अधिकांश आवेदकले १० र थोरैले २० कित्ता पाउने देखिएको छ। 

क्यापिटलले शेयर बाँडफाडको मिति भने नियामक निकायसंग छलफल गरेर छिट्टै तय गर्ने जनाएको छ । शेयर बाँडफाडको दिन बल झिकेर गोलाप्रथा मार्फत कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने भन्ने निर्क्योल गरिने छ । 

क्यापिटलका अनुसार आईपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ५.१९ गुणा बढी हो । सेयर पाउने योग्य आवेदकको संख्या निर्क्यौल भएपछि अब १६ हजार ४९७ जना आवेदकले सेयर नपाउने भएका छन्। 

आईपिओमा आवेदन दिने लगानीकर्ताको संख्याको हिसाबमा यस कम्पनीले इतिहास रचेको छ ।  यस अघिसम नेपाल पुनर्बिमा कम्पनीको आईपिओमा ३ लाख ९१ हजार बढीले आवेदन दिएका थिए जुन हाल सम्म कै उच्च थियो । त्यो रेकर्ड एनआईसी एसिया लघुबित्तले तोडेको हो ।  सर्वसाधारणलाई शेयर निष्काशन गर्दा ४ लाख बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।  

 कम्पनीले असार १० गतेदेखि  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो  । जस मध्ये ०।५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो  ।  बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  ।  यो बजारमा आएको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो।लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved