साधना लघुवित्तको आईपिओमा २८ सय बढीको आवेदन रद्द, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 06:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ९ गुणा बढीको आवेदन परेको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा २ लाख ५९ हजार १ सय ५ आवेदकले ६४ लाख ३२ हजार ४ सय कित्ताको लागि आवेदन दिएका छन्।  यो कम्पनीले माग गरेको भन्दा ९.७२  गुणा बढी हो । कुल आवेदक मध्ये आजसम्म २ हजार ८ सय २४ जनाको आवेदन रद्द भएको छ । 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । 

 लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।

 आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved