बिजपाटी सम्बाददाता     Jul 07, 2020 | 05:46:08 PM


tansen

साधना लघुवित्तले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्ममा १३ गुणा बढीको आवेदन परेको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा ३ लाख ६३ हजार ३  सय ५२  आवेदकले ८८ लाख ६४ हजार ८  सय ३० कित्ताको लागि आवेदन दिएका छन्।  यो कम्पनीले माग गरेको भन्दा १३.४० गुणा बढी हो । कुल आवेदक मध्ये आजसम्म ४ हजार १  सय १६ जनाको आवेदन रद्द भएको छ । 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । 

 लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।

 आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7