साधना लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 08:19:56 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । 

जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । 

कम्पनीको आईपिओमा २३ गते बेलुका ५ बजेसम्ममा १३ गुणा बढीको आवेदन परेको छ  । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा ३ लाख ६३ हजार ३  सय ५२  आवेदकले ८८ लाख ६४ हजार ८  सय ३० कित्ताको लागि आवेदन दिएका छन्।  यो कम्पनीले माग गरेको भन्दा १३.४० गुणा बढी हो । कुल आवेदक मध्ये आजसम्म ४ हजार १  सय १६ जनाको आवेदन रद्द भएको छ । 

  इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।

 आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved