साधना लघुवित्तको आईपीओमा रेकर्ड ब्रेक, ३ लाख ८९ हजार बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 05:43:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तले निष्काशन गरेको आईपिओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपिओमा ४ लाख ५५ हजार ७  सय २७ जनाले आवेदन दिएका छन्  । आईपिओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो  । 

बिक्रि प्रबन्धक  ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा  ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ता लागि आवेदन दिएका छन्। जस मध्ये ८ हजार ६ सय ४ जनाको आवेदन रद्द भएको छ  । यो माग गरिएको भन्दा १६.९१ गुणा बढी हो । 

कम्पनीको आईपिओ गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकोले आवेदन दिएका मध्ये ३ लाख ८९ हजार बढी आवेदक हात खाली हुने छन् । आवेदन भेरिफाइ हुने क्रममा रहेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ । 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

  इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।  आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved