अजोड इन्स्योरेन्सको आइपीओ भोलिदेखि, कति दिने आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 06:40:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले भोलिदेखि देखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । 

जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले छिटोमा असार २९ गतेसम्म र त्यस अवधिसम्म पर्याप्त आवेदन नपरे साउन ८ गतेसम्म आवेदन दिन सक्ने छन्। २७ लाख ३० हजार कित्ताको लागि आबेदन खुला गरिएकाले २ लाख ७३ हजार जनाले मात्र पाउने भएकाले गोलाप्रथाबाट नै आइपीओ बाँडफाँड हुने निश्चित छ। जस कारण अजोडको आइपीओमा १० कित्ताको लागि आबेदन दिनु नै उचित हुन्छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेकोमा आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved