अजोड इन्स्योरेन्सले कहाँ खर्च गर्छ आईपिओबाट उठेको ३० करोड रकम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 08:54:34 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि देखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले छिटोमा असार २९ गतेसम्म र त्यस अवधिसम्म पर्याप्त आवेदन नपरे साउन ८ गतेसम्म  आवेदन दिन सक्ने छन् ।   लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम  १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेकोमा आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ । 

कहाँ खर्च हुन्छ आईपिओबाट उठाएको रकम ? 

कम्पनीले आईपिओबाट उठाएको रकम  कम्पनी ऐन, बीमा ऐन तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीको ब्यबसायिक प्रयोजनमा उपयोग गरिने जनाएको छ ।  यसैगरी बीमा समितिबाट जारी गरिएको नयाँ लगानी नीतिले बिभिन्न पूर्वाधारजन्य तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा लगानीको अवसरहरु प्रदान गरेकोले त्यस्तो क्षेत्रहरुमा लगानी विस्तारका लागि उक्त रकम उपयोगको लागि पहल गरिने कम्पनीले जनाएको छ । साथै  आईपिओबाट उठेको पुँजी कम्पनीको कारोवारहरु विस्तार एवं बृद्धि गर्न उपयोग गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आईपिओबाट उठ्ने ३० करोड मध्ये २५ करोड बैंक तथा वित्तीय संस्थाद्वारा जारी मुद्दती निक्षेपमा लगानी गरिने छ । त्यस्तै ४ करोड ५० लाख रकम नेपाल सरकारको जमानी प्राप्त ऋणपत्र तथा बचतपत्रमा लगानी गरिने र बाँकि रहेको ५० लाख रकम शाखा विस्तार तथा भौतिक पूर्वाधारको अभिबृद्धिमा खर्च योजना कम्पनीको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved