अजोड इन्स्योरेन्सको आईपिओ आजबाट, कति दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 08:20:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले आज असार २५ गतेदेखि देखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले छिटोमा असार २९ गतेसम्म र त्यस अवधिसम्म पर्याप्त आवेदन नपरे साउन ८ गतेसम्म  आवेदन दिन सक्ने छन् ।   लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम  १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । यद्यपि २७ लाख ३० हजार कित्ताको लागि आबेदन खुला गरिएकाले २ लाख ७३ हजार जनाले मात्र पाउने भएकाले गोलाप्रथाबाट नै आइपीओ बाँडफाँड हुने निश्चित छ। जस कारण अजोडको आइपीओमा १० कित्ताको लागि आबेदन दिनु नै उचित हुन्छ।

आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेकोमा आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ । 

यो पनि : 

अजोड इन्स्योरेन्सले कहाँ खर्च गर्छ आईपिओबाट उठेको ३० करोड रकम ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved