साधना लघुवित्तको आईपीओमा ३ लाख ९२ हजार बढीले शेयर नपाउने, यस्तो छ अन्तिम तथ्यांक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 01:23:11 PM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तले निष्काशन गरेको आईपिओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपिओमा ४ लाख ५८ हजार ६  सय ४३ जनाले आवेदन दिएका छन्  । आईपिओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो  । 

बिक्रि प्रबन्धक  ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपिओमा  ४ लाख ५८ हजार ६  सय ४३ जनाले १ करोड १२ लाख ५९ हजार ८  सय ५० कित्ता लागि आवेदन दिएका छन्। जस मध्ये १० हजार ३१ जनाको आवेदन रद्द भएको छ  । कम्पनीको आईपिओ गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकोले आवेदन दिएका मध्ये ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुने छन् । 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved