माउन्टेन इनर्जीले पायो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 02:44:07 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार कम्पनीलाई सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशनको अनमति दिएको हो   । 

यस सँगै अब कम्पनीले  ३९ लाख ३६ हजार ५४ कित्ता शेयर निष्काशन छ। जस मध्ये १९ लाख ६८ हजार २७ कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १९ लाख ६८ हजार २७ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

 कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र  मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved