आइएमई लाइफले माग्यो ६० करोडको आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 04:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले सोमबार ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ भने कम्पनीको अधिकृत चुक्ता पुंजी ३ अर्ब रहेको छ  ।  आईपिओ निष्काशनकोपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्ने छ भने   संस्थापक साधारण शेयर अनुपात ७०:३० कायम हुने छ  । 

कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आइएमइ समूह, भाटभटेनि, सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौड्ल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आइएमइ र सम्बद्धहरुको ४० प्रतिशत बढि लगानी रहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved