माउन्टेन इनर्जीको आईपिओ साउन ८ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 08:48:24 AM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपाल लिमिटेडले साउन ८ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट र म्याग्दीका स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो  । 

जस मध्ये नुवाकोटको स्थानीयलाई २ लाख ९ हजार ३ सय ६५ कित्ता र म्यादीका स्थानीयलाई १७ लाख ५८ हजार ६ सय ६२ कित्ता शेयर छुट्याईएको छ  । स्थानीय लगानीकर्ताले छिटोमा साउन २२ गतेसम्म र पुरै आवेदन नपरेको खण्डमा  भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन्  । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्  । शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीयलाई शेयर निष्काशनपछि कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने छ  । कम्पनीले सर्वसाधारणको लागि  १९ लाख ६८ हजार २७ कित्ता शेयर छुट्याएको छ । 

 कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र  मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved