कहाँ हरायो शिवश्री हाइड्रोको आईपिओ ? लगानीकर्ताको ७ करोड बन्धक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 22, 2020 | 01:40:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गरेको १० महिना पुग्न लाग्दासम्म शिवश्री हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत हुन सकेको छैन । कम्पनीको शेयर प्रत्याभूतकर्ता र कम्पनी स्वयंबीचको विवादले शेयर सुचिकृत हुन नसकेको हो  । शेयर सुचिकृत नहुँदा त्यसमा लगानीकर्ताको ७ करोड बढी रकम बन्धक भएको छ   ।

भएको के हो ? 

कम्पनीले असोज १६ गतेदेखि कार्तिक १५ गतेसम्म ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये २ लाख ६८ हजार ९१ कित्ता सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको थियो  । तर कम्पनीको आईपिओमा ७ लाख २० हजार कित्ताको मात्र आवेदन पर्यो । कम्पनी र शेयर प्रत्याभूतकर्ताबीच भएको सम्झौता अनुसार यदि पुरै शेयर बिक्रि नभएमा बिक्रि नभएको शेयर प्रत्याभूतकर्ताले स्विकार्नु पर्ने थियो ।

तर आईपिओको प्रत्याभूतकर्ता मुक्तिनाथ क्यापिटल (साविकको भिबोर क्यापिटल) र सीबिआईएल क्यापिटलले कम्पनीले सूचना लुकाएको आरोप लगाउदै शेयर स्वीकार गर्न अस्विकार गरेका छन् ।  आईपिओ निष्काशन गर्दा कम्पनीले  बाढीले आयोजनामा पुर्याएको नोक्सानीबारे आफुहरुलाई औपचारिक जानकारी नदिएको भन्दै क्यापिटलहरुले शेयर सकार्न आफूहरु बाध्य  नहुने भन्दै पन्सिन खोजेका छन् ।

दुवै क्यापिटलहरुले बाढीले कम्पनीको आयोजनामा ब्यापक क्षति पुर्याएको तर त्यसको जानकारी आफुहरुलाई नदिएको बिक्रि नभएको शेयर स्वीकार गर्न नसकिने बताएका हुन्। कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । भोटेकोशी नदीमा अघिल्लो वर्षको असार २२ गते आएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो । शेयर प्रत्याभूति सम्बन्धि सम्झौता बैशाख ३० गतेदेखि नै भएको थियो । बाढी आएको असारमा थियो । आईपिओ बिक्रि खुला भने असोज १६ गतेबाट मात्र भएको थियो । अर्थात बाढी आएको ३ महिनापछि मात्र आईपिओ बिक्रि सुरु भएको थियो ।

तर क्यापिटलले भने कम्पनीले आफुहरुलाई बाढीले पुर्याएको क्षतिबारे समयमा नै अधिकारिक रुपमा यथार्थ जानकारी नगराएको र कम्पनीले धेरै जोखिम लिन नसक्ने भन्दै शेयर खरिद गर्न अस्विकार गरेका हुन् । उनीहरुले शेयर खरिद गर्न नसक्ने भन्दै कम्पनीलाई पत्राचार गरिसकेका थिए  भने त्यसको बोधार्थ नेपाल धितोपत्र बोर्डलाई पनि दिएका थिए । 

क्यापिटलका अनुसार आयोजनाबाट असारमा बती बल्ने गरि सम्झौता भएको थियो । तर अब बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजना सकिने समय लम्बिएको छ भने लागत समेत बढेको छ । बाढीको जानकारी नगराएकोले शेयर खरिद गर्न नसकिने क्यापिटलको भनाई छ । 

तर धितोपत्र बोर्डले भने दुवै क्यापिटललाई आफ्नो हिस्साको शेयर स्वीकार्न निर्देशन दिएको छ।   बोर्ड उच्च स्रोत भन्छ ' सम्झौता अनुसार नभएको भए शेयर निष्काशन हुनु भन्दा एक साता अगाडी नै शेयर निष्काशन रोक्न माग गर्ने कानुनी ब्यबस्था थियो , त्यो बेलामा माग नगरिएकोले अब सम्झौता अनुसार नै क्यापिटलले शेयर खरिद गर्नु पर्छ' । 

अहिले के हुदै छ ? 

यस अघि प्रत्याभुतकर्ताले प्राकृतिक विपत आएको अवस्थामा प्रत्याभूति सम्बन्धि सम्झौता मान्न बाध्य नहुने ब्यबस्था देवानी संहिता मै रहेको  दाबी गर्दै शेयर नस्वीकार्ने बताएका थिए।  प्रत्याभूति सम्बन्धि सम्झौताको कार्यन्वयन मुलुकी देवानी संहिता २०७४ अनुसार हुने सम्झौता मै उल्लेख छ ।  

क्यापिटलले गरेको दाबी जस्तै मुलुकी संहिता २०७४ को दफा ५३१ मा बाढी जस्ता प्राकृतिक प्रकोपका कारण करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भी करार पालना गर्न असम्भव भएमा करार बमोजिमको काम गर्नु नपर्ने उल्लेख छ । यहि दफालाई देखाएर क्यापिटल हरु शेयर सकार्नबाट पछाडी हटिरहेका थिए । 

तर अब भने बोर्डले निर्देशन नै दिएपछि क्यापिटलहरु केहि लचक बनेका छन् ।  हाल हाइड्रो कम्पनी र प्रत्याभूतकर्ताबीच एक पटक आयोजनास्थलको भ्रमण गर्ने त्यहाँको अवस्था हेरेर थप निर्णय लिने सहमति भएको छ। तर हाल मनुसनयाम जारी रहेको र सिन्धुपाल्चोकमा बाढी पहिरोको जोखिम रहेकोले बर्षा हटेपछि मात्र आयोजनास्थलको भम्रण गर्ने सहमति भएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक बच्चु पौडेल आफुहरुले लिखितमा जानकारी दिएको भएपनि क्यापिटलहरुले शेयर स्वीकार गर्न ढिलाई गर्दा समस्या भएको बताउछन् । तर अब भने प्रत्याभूतकर्ताहरु आयोजनास्टल भ्रमण गर्न सहमत भएकोले छिट्टै यी विवाद  अन्त्य हुने उनी बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved