एनआरएन इन्फास्ट्रक्चरले कहाँ खर्च गर्छ आईपिओबाट उठेको रकम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 10:55:00 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गर्ने भएको हो । 

जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ ।  बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  कम्पनीको आवेदनमा  छिटोमा साउन २१ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम  ३१ लाख ६० हजार १ सय ८० कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

कम्पनीले आईपिओबाट उठेको रकम विभिन्न ३ वटा जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ । कम्पनीले आईपिओबाट उठेको रकम २१.३० मेगावाटको ठुलो खोला हाइड्रो, ५६ मेगावाटको जुम खोला हाइड्रो र ५३.५३ मेगावाटको मिडिल कालिगण्डकी हाइड्रोमा लगानी जनाएको हो । ठुलो खोला र  मिडिल कालिगण्डकी म्याग्दीमा रहेको आयोजना हो भने जुम खोला आयोजना दोलखामा अवस्थिति छ । जुम खोला आयोजनाको डेभलपर सानिमा हाइड्रो हो। 

हेर्नुस् ति आयोजनाको विवरण : 

यो पनि : 

'हामी हाइड्रो कम्पनी होइनौ, यस अघि नै लाभांश दिएकोले पनि आईपिओमा प्रतिफल सुनिश्चित'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved