एनआरएन इन्फास्ट्रक्चरको आइपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 05:18:16 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा पहिलो दिन ५० हजार भन्दा बढी आवेदन परेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार ४:३० सम्ममा ५० हजार १७३ बढी लगानीकर्ताहरुले २३ लाख ८१ हजार ३८० कित्ता बढी शेयरको लागि आवेदन दिएका छन् । 

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आज साउन १६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गरेको हो । 

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ ।  बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  कम्पनीको आवेदनमा  छिटोमा साउन २१ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम  ३१ लाख ६० हजार १ सय ८० कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

नेपाल धितोपत्र बोर्डले गत फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । आईपिओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved