एनआरएन इन्फास्टट्रक्चरको आईपिओ भर्ने आज अन्तिम दिन, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 08:14:16 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ ।  कम्पनीले साउन १६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ ।  बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम  ३१ लाख ६० हजार १ सय ८० कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

मंगलबार बेलुकासम्म कम्पनीको आईपिओमा मागभन्दा ४ गुणा बढीको आवेदन परेको छ  । कम्पनीको आईपिओमा मंगलबार बेलुका ५ बजेसम्म ३ लाख ३४  हजार २ सय ९२ जनाले १ करोड ४० लाख ५३ हजार ५  सय ६० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यो कम्पनीले माग गरेको भन्दा ४.४४ गुणा बढी हो । यस सँगै कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने निश्चित भएको छ  । 

नेपाल धितोपत्र बोर्डले गत फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । आईपिओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

यो पनि : 

एनआरएन इन्फास्ट्रक्चरले कहाँ खर्च गर्छ आईपिओबाट उठेको रकम ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved