एनआरएन इन्फास्टट्रक्चरको आईपिओमा ५ गुणा बढीको आवेदन, १ लाख बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 05:50:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा ५ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपिओमा ४ लाख २८ हजार १ सय ५३ आवेदकबाट १ करोड ६५ लाख ६७ हजार ६ सय कित्ताको लागि आवेदन परेको हो । यो कम्पनीले माग गरेको भन्दा ५.२८ गुणा बढी हो । 

कम्पनीको आईपिओमा माग भन्दा बढीको आवेदन परेसँगै गोलाप्रथाबाट शेयर बाँडफांड हुने छ। जस अनुसार ३ लाख १६ हजार १८ लगानीकर्ताले १० कित्ताको दरले शेयर पाउने छन्   । यस हिसाबमा १ लाख बढी लगानीकर्ताले शेयर पाउने छैनन् । यद्यपि आवेदनको आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो संख्या केहि थपघट हुन सक्ने छ । 

कम्पनीले साउन १६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ ।  बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved