एनआरएन इन्फास्टट्रक्चरको आईपिओमा बाँडफाँड मंगलबार, मिडिया र लगानीकर्तालाई प्रवेश निषेध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 06:05:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ मंगलबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले मंगलबार बिहान ९ बजे आईपिओ बाँडफांड गर्ने जनाएको हो । 

क्यापिटलले कोभिड १९ को प्रभावको कारण आईपिओ बाँडफांडमा भिडभाड नगरिने र लगानीकर्ता, सर्बसाधारण र मिडियालाई बाँडफांड कार्यक्रममा सहभागी हुन नदिने जनाएको छ । क्यापिटलले आईपिओ बाँडफांड कार्यक्रमको आफ्नो फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने जनाएको छ। 

कम्पनीले निष्काशन गरेको आईपिओमा ५ गुणा बढीको आवेदन परेको छ । आईपिओमा ४ लाख २८ हजार १ सय ५३ आवेदकबाट १ करोड ६५ लाख ६७ हजार ६ सय कित्ताको लागि आवेदन परेको छ । यो कम्पनीले माग गरेको भन्दा ५.२८ गुणा बढी हो । 

 कम्पनीले साउन १६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ ।  बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ भने १ लाख हाराहारी लगानीकर्ता हात्खाली हुने छन् ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved