लिबर्टी ईनर्जीले भदौ ३ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 11, 2020 | 08:35:47 AM मा प्रकाशित

tansen cement

लिबर्टी ईनर्जी कम्पनीले सर्बसाधारणको लागि भदौ ३ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । यस अघि आयोजना प्रभावित लमजुङवासीलाई शेयर निष्काशन गरेको कम्पनीले अब सर्बसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारण र स्थानीयलाई गरी ३७ करोड ५० लाख रुपैयाँको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो  । अब कम्पनीले सर्बसाधारणको लागि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको १३ लाख १४ हजार ९ सय ३० सहित कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  

कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  लगानीकर्ताले छिटोमा भदौ ७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि एनआइबिएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।   

 कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको दर्शाउछ  ।  

कम्पनीले  कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved