किन भयो एनआरएन इन्फास्टट्रक्चरको आइपीओ नतिजा सार्वजनिकमा ढिलाई ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 02:52:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएपनि समयमै नतिजा सार्वजनिक हुन सकेको छैन। इन्टरनेटमा आएको समस्याको कारण नतिजा समयमै सार्वजनिक हुन नसकेको जनाइएको छ। 

काठमाडौंको पुतलीसडक क्षेत्रमा तार भूमीगत गर्ने कार्यले इन्टरनेट सेवाप्रदायकहरुको समेत तार काटिएकाले नतिजा सार्वजनिक गर्नलाई ढिलाई भएको बताइएको छ। नेपाल विद्युत प्राधिकरणले साविकका बिजुलीका खम्बाहरु सार्ने, तार भूमीगत गर्ने लगायतका काम गर्दा त्यस क्षेत्रका सबै तार काटिएका छन् ।

यसअघि: यसरी भयो एनआरएन इन्फास्टट्रक्चरको आईपिओ बाँडफाँड, कर्मचारीले नै दिएनन् आवेदन

मंगलबार बिहानै आइपीओ बाँडफाँड भएपनि शेयरधनीको अन्तिम विबरण प्रशोधन हुन सकेको छैन। पुतलीसडक क्षेत्रमा रहेको सिडिएससीमा इन्टरनेट सेवा अबरुद्ध भए पछि तथ्यांक प्रशोधनमा समस्या आएकाले नतिजा सार्वजनिक हुन नसकेको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार क्लाउडमा तथ्यांक प्रशोधन गर्न पर्याप्त इन्टरनेट नभएकाले अन्तिम नतिजा प्रशोधन हुन नसकेको हो । 

‘सिडिएससीले चलाई रहेको वैकल्पिक इन्टरनेटको सहायताबाट शेयरधनीहरुको अन्तिम विबरण तयार गर्न प्रयास भईरहेको क्यापिटलले जनाएको छ। इन्टरनेट सुस्त भएकाले डाटा अपलोड तथा डाउनलोडमा समस्या देखिएकाले साँझसम्ममा नतिजा सार्वजनिक हुने क्यापिटलले जनाएको छ।

सिडिएससीमा पनि इन्टरनेट सेवा अवरुद्ध भएकाले उस्तै किसिमको समस्या उत्पन्न भएको सिडिएससीले जनाएको छ। विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका बिच समन्वय नहुँदा इन्टरनेट सेवाबाट बञ्चित हुनु परेको सिडिएससीको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved