मानुषी लघुवित्तले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 04:52:29 PM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।

कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ   । साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । 

 नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल एसबिआई मर्चेण्टको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले हस्ताक्षर गरेकी छिन् ।

लघुवित्तको मुख्य कार्यालय बनेपामा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved