भदौ ४ गतेबाट २ वटा कम्पनीको आईपिओ खुल्ने, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 08:42:45 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई वटा कम्पनीले भदौ ४ गतेबाट आईपिओ निष्काशन गर्ने भएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ ४ गतेबाट आईपिओ निष्काशन गर्न लागेका हुन् ।

रिलायन्स लाइफ 

रिलायन्स लाइफ इन्स्योरेन्सले  प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने  लागेको हो । जस मध्ये समान ५-५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको छ।  बाँकि रहेको ५६ लाख ७० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६३ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि भदौ ८ गतेसम्मको समय तोकिएको छ ।  सो अवधिसम्म पर्याप्त आवेदन नपरे भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।  

इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।   ग्रेड ४ ले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको बताउछ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ।

कम्पनीले शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  कम्पनीमा हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 

समाज लघुवित्त

त्यस्तै समाज लघुवित्तले पनि भदौ ४ देखि नै आईपिओ निष्काशन गर्ने भएको छ ।   कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।  बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्  । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि दिनु पर्ने छ  । आवेदन दिनको लागि भदौ ८ गतेसम्म भदौ ८ गतेसम्मको समय तोकिएको छ ।  सो अवधिसम्म पर्याप्त आवेदन नपरे भदौ १८ गतेसम्म आवेदन दिन सकिने छ ।  

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ३ जिल्ला कार्य क्षेत्र भएको यो कम्पनी सर्लाहीमा रहेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved