लिबर्टी ईनर्जीको आईपिओमा दोब्बर आवेदन, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 06:02:51 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपिओमा झन्डै २ लाख बढीले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन आज साँझ ५:४५ बजेसम्ममा कम्पनीको आईपिओमा १ लाख ९१ हजार १ सय आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको हो ।  

यो कम्पनीले माग गरेको कित्ता भन्दा दोब्बर बढीको आवेदन हो। कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको हो । शेयर निष्काशनको लागि एनआइबिएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।   

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको दर्शाउछ।  

कम्पनीले  कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved