निषेधाज्ञा अवधिभर आईपिओ निष्काशन नगर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 02:46:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले निषेधाज्ञा अवधिभर आईपिओ निष्काशन नगर्न निर्देशन दिएको छ । निषेधाज्ञा अवधिमा आईपिओ निष्काशन गर्दा बैंकहरुमा भिडभाड बढ्ने भएकोले केहि समयमा आईपिओ निष्काशन नगर्न बोर्डले दिएको हो ।

बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले निषेधाज्ञाको समयमा आईपिओ आउँदा सेवाग्राहीहरु  आवेदन दिन बैंक जान नपाएको, केहि समस्या परे डिपीमा जान समस्या भई आईपिओ भर्न नसकेको गुनसो बढेकोले केहि समयको लागि आईपिओ निष्काशन नगर्न भनिएको बताए । 

यस अघि निषेधाज्ञा कै अवधिमा एकसाथ ३ वटा कम्पनीले आईपिओ निष्काशन गरेका थिए । एक साथ ३ वटा आईपिओ आउँदा मेरोशेयरको प्रणालीमा चाँप बढेर लगानीकर्ताले सहज रुपमा शेयरमा आवेदन दिन सकेका थिएनन् । साथै केहि लगानीकर्ताले समयमा डिपीले काम नगरिदिएको र बैंकमा गएर आवेदन दिन नसकिएको गुनासो गरेका थिए ।

यिनै समस्यालाई मध्यनजर गर्दै बोर्डले शेयर निष्काशन अनुमति पाईसकेका कम्पनीलाई निषेधाज्ञा अवधिमा आईपिओ बिक्रि खुला नगर्न भनेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved