यसरी बाँडफाँड हुने भयो रिलायन्स लाइफको आईपिओ, २० हजार बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 01:21:23 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओको 'प्रि एलोटमेन्ट' भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज  'प्रि एलोटमेन्ट'  गरेको हो

आईपिओ बाँडफाँड गर्नु अगाडी 'प्रि  एलोटमेन्ट' गर्नु पर्छ ।  यसमा कसले कति शेयर पाउने र कुन तयारीबाट शेयर बाँडफाँड गरिने भन्ने तय हुन्छ 

जस अनुसार कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । आईपिओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ सय ५५ जनाको आवेदन रद्द भएको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको  छ 

बाँकि रहेका ५ लाख ८७ हजार ५ सय ९ जनालाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिने छ । जस मध्ये ५ लाख ६७ हजारले १० कित्ता शेयर पाउने छन् भने २० हजार ५ सय ९ जनाले शेयर पाउने छैनन् कम्पनीको आईपिओमा माग भन्दा ४.०४ गुणा बढी आवेदन परेको थियो । 

बिक्रि प्रबन्धक सानिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि शेयर बाँडफाँड हुने जनाएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved