रिलायन्स लाइफको आईपिओ बाँडफाँड, २० हजार बढी आवेदक हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 02:49:51 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार दिउँसो शेयर बाँडफाँड गरेको हो । 

आईपिओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ सय ५५ जनाको आवेदन रद्द भएको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको  छ 

बाँकि रहेका ५ लाख ८७ हजार ५ सय ९ जनालाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस मध्ये ५ लाख ६७ हजारले १० कित्ता शेयर पाएका छन् भने २० हजार ५ सय ९ जना हात खाली भएका छन् । कम्पनीको आईपिओमा माग भन्दा ४.०४ गुणा बढी आवेदन परेको थियो । 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकाशित हुने छ 

हेर्नुस् बाँडफाँडका भिडियो : 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved