उपकार लघुवित्तले आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।
उक्त सम्झौतामा मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले हस्ताक्षर गरेका छन् ।
लघुवित्तले प्रति शेयर १०० अंकित दरका १ करोड २६ लाख बराबरको १ लाख २६ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।
: 'संस्थागत सुशासन रिलायन्स लाईफको उच्च प्राथमिकतामा, आईपिओ भर्नेलाई यसैवर्ष प्रतिफल'