लिबर्टी ईनर्जीको आईपिओ आज बाँडफाँड हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 09:23:13 AM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुने भएको छ ।  बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले सोमबार मध्यान्ह १२ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।  क्यापिटलका अनुसार शुक्रबार आईपिओको प्रि अलोटमेन्ट गरिएको छ ।  

कम्पनीको आईपिओमा झन्डै २ लाख बढीले आवेदन दिएका छन्। आईपिओमा करिब १ लाख ९१ हजार १ सय आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ । यो कम्पनीले माग गरेको कित्ता भन्दा दोब्बर बढीको आवेदन हो। कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको हो । 

कम्पनीले  कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ। 




     'हामी हाइड्रो कम्पनी होइनौ, यस अघि नै लाभांश दिइसकेकोले पनि आईपिओमा प्रतिफल सुनिश्चित छ'



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved