समाज लघुवित्तको आईपिओ बाँडफाँड, ५५८ जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 02:26:10 PM मा प्रकाशित

laxmi  sunrise bank

समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड भएको छ  बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार दिउँसो २ बजे शेयर बाँडफांड गरेको हो  

कम्पनीको आईपिओमा ५ लाख ४७ हजार ९ सय २८ आवेदकले आवेदन दिएका थिए । जस मध्ये ५५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  बाँकि रहेका ५ लाख ४७ हजार ३ सय ७० जना योग्य आवेदकलाई गोलाप्रथामा सामेल गरि गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ । जस अनुसार गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र समान १० कित्ताको दरले शेयर पाएका छन् । ४ लाख ६७ हजार २ य २८ आवेदक भने हातखाली भएका छन्  । 

समाज लघुवित्तले भदौ ४ देखि  ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो  ।  बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । 

आईपिओको नतिजा केहि समयपछि बिजपाटीमा प्रकाशन हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved