जनरल इन्स्योरेन्सको आईपिओमा रेकर्ड ब्रेक, डेढ दिन मै ४ लाख बढीले दिए आवेदन

एक मिनेटमै ३६० वटा आवेदन
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 01:13:35 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले निष्काशन गरेको आईपिओले यस अघिको सबै रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपिओमा आज दोस्रो दिन सोमबार १ बजेसम्ममा ४ लाख ४० हजार १ सय ८० ले आवेदन दिएका छन् ।

दोस्रो दिन मै ४ लाख बढीले आवेदन दिएको यो नै पहिलो पटक हो । सिडीएसका अनुसार हालसम्म १ करोड २४ लाख ७४ हजार ४ सय ३० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा ४.५६ गुणा बढी हो । पहिलो दिनमा भने १ लाख १० हजारले आवेदन दिएका थिए । 

डेढ दिन मै ४ लाख बढीले आवेदन दिएको र पहिलो दिनमा सिस्टममा  समस्या आएकोले सहज रुपमा आवेदन दिन नमिलेकोले यो आईपिओमा अत्याधिक आवेदन पर्ने अनुमान गरिएको छ । सिडीएसका अनुसार हाल एक सेकेण्ड मै ६ वटाको दरले आवेदन परिरहेको छ । यो भनेको प्रति मिनेट ३६० आवेदन हो । यस अघि औसतमा प्रति मिनेट डेढ सयको हाराहारीमा आवेदन पर्ने गरेकोमा यस पटक आवेदकको संख्या ह्वात्तै बढेको सिडीएसले जनाएको छ । सिडीएसले हिजो पहिलो दिन सिस्टममा केहि समस्या आएपनि आज भने आवेदन गर्दा कुनै समस्या नरहेको जनाएको छ ।

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । यद्यपि कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन । 

यो पनि : 

मेरो सेयरबाट आईपिओ भर्न पिन कोड अनिवार्य, यस्तो छ सेट गर्ने तरीका (भिडियो सहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved