Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

जनरल इन्स्योरेन्सको आईपिओमा रेकर्ड ब्रेक, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 29, 2020 | 05:36:37 PM मा प्रकाशित

nj

जनरल इन्स्योरेन्स कम्पनी General Insurance Company Nepal  ले निष्काशन गरेको आईपिओमा तेस्रो  दिनसम्ममा ६ लाख बढीले आवेदन दिएका छन्   । आज साँझ ५:३० बजेसम्ममा कम्पनीको आईपिओमा ६ लाख ८३ हजार ३ सय ७२ आवेदकले १ करोड ९२ लाख ६ हजार २ सय ७० कित्ताको लागि आवेदन दिएका हुन् । 

कुनै पनि आईपिओमा तेस्रो दिन मै ६ लाख बढीले आवेदन दिएको यो नै पहिलो पटक हो ।  सिडीएसका अनुसार पिक आवरमा एक सेकेण्ड मै ६ वटाको दरले आवेदन परेको छ । यो भनेको प्रति मिनेट ३६० आवेदन हो ।

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । यद्यपि कम्पनीको शेयर गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन । 

यो पनि : 

मेरो सेयरबाट आईपिओ भर्न पिन कोड अनिवार्य, यस्तो छ सेट गर्ने तरीका (भिडियो सहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved