१६ लाख खर्चेर २४ वटा ल्यापटप किन्दै धितोपत्र बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 09:10:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले २४  थान  ब्राण्डेड ल्यापटप  खरिद  गर्नेको लागि आपूर्तिकर्ताको टुंगो लगाएको छ । बोर्डले कार्यालय प्रयोजनको लागि ल्यापटप खरिद गर्नको लागि आह्वान गरेको टेण्डरबाट सबैभन्दा कम रकम कबुल गर्ने टिम एशिया नेपाल प्रालिलाई छनौट गरेको जनाएको हो ।

बोर्डका अनुसार यस कम्पनीले १६ लाख ७७ हजार २ सय ३६ रुपैयाँ ४० पैसामा ति ल्यापटप उपलब्ध गराउने छ । यस हिसाबमा एक ल्यापटपको मूल्य ६९ हजार ८ सय ८४ रुपैयाँ ८५ पैसा पर्ने छ ।  

बोर्डले कार्यालय प्रयोजनको लागि भन्दै २४ थान आई फाइब ल्यापटप खरिद गर्न लागेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved